दफा १३
बीमकको दर्ता खारेज गर्न सकिने
(१) समितिले देहायको अवस्थामा बीमकलाई लिखित सूचना दिई सोही सूचनामा तोकिएको मितिदेखि लागु हुने गरी बीमकको दर्ता खारेज गर्न सक्नेछः– (क) प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र विमा व्यवसाय शुरु नगरेमा, (ख) बीमकको दायित्व निजको नेपाल ………… भित्र रहेको सम्पत्ति भन्दा बढी छ भन्ने लागेमा । (ग) नेपाल ……….. भित्र जारी गरिएको विमालेख अन्तरगत मुद्दा परी अदालतबाट अन्तिम किनारा भएको तीन महिनासम्म पनि बीमकले फैसला बमोजिमको दायित्व पूरा नगरेमा, (घ) विमा व्यवसायको प्रधान कार्यालय नेपाल बाहिर हुने विदेशी बीमकले सो मुलुकको प्रचलित कानून बमोजिम निजले पाए सरहको सुविधा नेपाली बीमकले सो मुलुकमा पाएको छैन भन्ने लागेमा, (ङ) नेपाल भित्र बीमकले आफ्नो कार्यालय नखोलेमा, (च) बीमकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने कुनेै काम नगरेमा वा नगर्नु पर्ने कुनै काम गरेमा । (२) उपदफा (१) बमोजिम बीमकको दर्ता खारेज गर्नु अघि समितिले संबन्धित बीमकलाई दर्ता खारेज गर्नु परेको कारण खोली स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको समय भित्र संबन्धित बीमकले स्पष्टीकरण पेश नगरेमा वा गरेपनि निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले उपदफा (१) बमोजिम त्यस्तो बीमकको दर्ता खारेज गरी सोको सूचना नेपाल ………. बाट प्रकाशित हुने दुई मुख्य पत्रपत्रिकामा सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ । (४) यस दफा बमोजिम कुनै बीमकको दर्ता खारेज भएको कारणले मात्र त्यस्तो दर्ता खारेज हुनु पूर्व भए गरेको कुनै काम कारवाईको संबन्धमा निजको हक र दायित्वमा कुनै असर पर्ने छैन ।